बाह्रखरी फोटो
काठमाडौं । गएको बिहीबार रातिदेखिको अविरल वर्षासँगै बाढीपहिरो र डुबानले देशभर जनधनको ठूलो क्षति भयो । काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानका कारण धेरैजनाको मृत्यु भयो ।
वाग्मती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खुखोलाहरूमा ठूलो बाढी आउँदा नागरिकलाई बगायो । धेरैको उद्धार गरिए पनि केही मानिसको ज्यान गएको छ ।
नदी किनारछेउका बस्ती, पसल, होटेल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो ।
न्युज एजेन्सी नेपालका फोटोपत्रकारले कैद गरेका बाढी र डुबानपछिको काठमाडौं उपत्यकाका केही तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १७:३८
प्रतिक्रिया दिनुहोस्