site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरोको विपत्ति : मृतकको संख्या १२९ पुग्यो, ६२ जना बेपत्ता

काठमाडौं । गएको बिहीबार रातिदेखिको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म १२९ जनाको मृत्यु भएको छ ।

यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी ६२ जना बेपत्ता छन् । ८६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो १ बजेसम्मको विवरणानुसार, तीन हजार २६६ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शनिबार अपराह्नपछि अविरल वर्षा रोकिएको छ । वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro