देश
नवलपुर (सेहरी) । अविरल वर्षासँगै बाढीले नवलपुरको करिब ३०० घरघुरी भएको क्षेत्र डुबानमा परेको छ । नवलपुरका नन्दपुर, सीतापुर र सेहरी क्षेत्र डुबानमा परेको हो ।
यो क्षेत्र चारैतर्फबाट नारायणी नदीले घेरिएको छ । ठाउँठाउँमा बिजुलीका लट्ठा ढलेका छन् । स्थानीय र सुरक्षाकर्मी साँझसम्म डुंगामार्फत उद्धारमा खटिएका छन् ।
यो क्षेत्रको पूर्वपट्टिको बलघट्टाबाट नारायणी नदीको पानी बस्तीमा पसेको हो । वर्षा र बाढीले करिब तीन हजार हेक्टर क्षेत्रफलमा पसाएको धानबालीमा असर गरेको छ ।
नवलपुरको तटीय क्षेत्र टापुमा परिणत भएको छ ।
थप तस्बिर/भिडियो हेर्नोस्–
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १८:५५
प्रतिक्रिया दिनुहोस्