site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो

वाग्मती । कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल)मा पानीको सतह घट्न थालेको छ ।  

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ‘ओभरफ्लो’ भएपछि बाँधको सुरक्षालाई मध्यदिँदै आज बिहान ५ बजे ड्यामको दुई ढोका खोलिएको थियो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जलाशयमा पानीको सतह केही घटेको जानकारी दिए ।  

उनका अनुसार कुलेखानीको जलाशयमा एक हजार ५३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा एक हजार ५३१ मिटर पानी भरिएरको थियो । पानी भरिएर खतराको संकेत देखिएपछि दुई ढोका ४ दशमल ५ मिटर खोलिएको थियो । 

ड्यामको दुई ढोका खोलिएपछि अहिलेसम्म जलसतह घटेर एक हजार ५३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताए ।

वर्षा अझै जारी रहेकोले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्णक्षमतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।  

यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले निरन्तर वर्षा भइरहेकाले जोखिमको आधारमा थप कुलेखानीको जलाशयको ड्यामका ढोका अझै खोल्नुपर्ने अवस्था देखिनसक्ने बताएका छन् । 

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनारका बस्तीमा बाढी आउनसक्ने अवस्था देखिएको हुँदा कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह प्रशासनले हाग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारी गर्न आग्रह गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro