site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलेखानी ड्याम भरिन लाग्यो, एकहजार ५२६.८ मिटर पानी जम्मा
फाइल तस्बिर ।

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय आयोजना भरिन लागेको छ । एकहजार ५३० मिटर क्षमता रहेको जलाशय अहिले एकहजार ५२६.८ मिटर भरिएको छ ।

निरन्तर वर्षा भइरहे आज राति भरिन सक्ने कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

“अहिले भारी वर्षा भइरहेको छ । तीन घण्टामा एक मिटर पानी बढेको छ,” उनले भने, “पानी पर्ने क्रम उस्तै रहे बेलुकासम्म ओभर फ्लो हुने सम्भावना छ ।”

कुलेखानी ड्याम तीन वर्षअघि भरिएको थियो । जलाधार क्षेत्रमा वर्षा कम भएकाले विगत दुई वर्षदेखि कुलेखानी जलाशय भरिएको थिएन । गत वर्ष कुलेखानी जलाशयमा एकहजार ५२३.३१ सेन्टिमिटरमात्र पानीको सतह थियो ।

कुलेखानीको जलाधार क्षेत्र दामन, पालुङ, बज्रबाराही, चित्लाङ, मार्खु, फाखेललगायत क्षेत्र हुन् । विगत २४ घण्टादेखि सो क्षेत्रमा लगातार वर्षा भइरहेको भट्टले जानकारी दिए ।

कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।

कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीनवटै आयोजनाले विद्युत् उत्पादन हुने गरेको छ । तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ जलाशयको छ । एकहजार ५३० मिटर भएपछि आयोजनाको ड्याम खोलिने भट्टले जनाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro