site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको उच्च जोखिम
चितवनस्थित नारायणी नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका धेरै स्थानमा वर्षासँगै सानाठूला अधिकांश नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । ‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन मधेस प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । महाशाखाले यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान गरेको छ ।

Argakhachi Cement Island Ad

पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, प्युठान, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ ।

यस्तै, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने केही साना नदीमा समेत बहाव बढ़ने महाशाखाको पूर्वानुमान छ ।

आज र भोलि देशभरका नदीमा बहाव उल्लेख्य बढ्नेछ । नारायणी, वाग्मती, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह खतरा तह आसपास पुग्ने महाशाखाको पूर्वानुमान छ ।

b1-1727409222.jpg

b2-1727409222.jpg

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्