site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कायरोबाट नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई भन्यो– अधिकतम सतर्कता अपनाउनू 

काठमाडौं । इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता र सचेतना अपनाउन अनुरोध गरेको छ । लेबनानको सेनासहितको राजनीतिक पार्टी हिजबुल्लाह र इजरायलबीच पछिल्ला केही दिनयता युद्ध चर्केपछि नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन भनेको हो ।

“केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ,” कायरोस्थित नेपाली दूतावासले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।

इजिप्टका लागि नेपाली राजदूत सुशिलकुमार लम्सालका अनुसार, एक हजारदेखि १२ सयसम्म नेपाली लेबनानमा कार्यरत छन् । तीमध्ये सात/आठ सय घरेलु कामदार छन् भने अन्य होटल तथा रेस्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् । अहिले युद्ध चलिरहेको क्षेत्रमा नेपाली कार्यरत नरहेको जनाइएको छ । 

Dabur Nepal
NIC Asia

लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अहिले ९७७ जना नेपाली सेना खटिएका छन् । शान्ति स्थापनाका लागि उनीहरूलाईलेबनान–इजरायल सीमा नजिक खटाइएको छ । 

नेपाली दूतावासले जारी गरेको सूचनामा लेबनानमा कुनै समस्या परेमा कायरोस्थित नेपाली दूतावास र लेबनानको राजधानी बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका सम्पर्क गर्न भनिएको छ । 

समस्यामा परेमा कायरोस्थित नेपाली दूतावासका द्वितीय सचिव दीपक घिमिरेको २०१०९७७७२३४८ नम्बरमा र तृतीय सचिव माधवराज काफ्लेको २०१००२५०५९९७ नम्बरमा ह्याट्सएप गर्न दूतावासले भनेको छ ।

यस्तै, समस्यामा परेका नेपालीलाई बेरुतस्थित नेपाली अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न भनिएको छ । दूतावासले लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनाका लागि दूतावासको वेबसाइटमा गई आवश्यक विवरण उपलब्ध गराइदन पनि अनुरोध गरेको छ । 

केही दिनयता आफ्नै सेना भएको लेबनानको राजनीतिक पार्टी हिजबुल्लाह र इजरायलबीच युद्ध चर्किएको छ । हिजबुल्लाहको दक्षिण लेबनानमा पकड राम्रो रहेको छ, जुन क्षेत्र इजरायलको सीमासँग जोडिएको छ । 

पछिल्लो दिन इजरायलले दक्षिण लेबनानमा रहेका हिजबुल्लाहको अखडामा आक्रमण गर्दा ६०० जनाभन्दा बढी लेबनानीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । हिजबुल्लाहले पनि इजरायलमा रकेट र मिसाइल प्रहार गरेको छ । 

इजरायलले अब लेबनानको हिजबुल्लाह प्रभावित क्षेत्रमा स्थल आक्रमण गर्ने तयारी गरिरहेको छ । यसले युद्ध झन् चर्किने संकेत गरेको छ । 

अमेरिका, बेलायतलगायत देशले ट्राभल एड्भाइजरी जारी गर्दै लेबनान भ्रमणमा नजान र लेबनानमा रहेका आफ्ना नागरिकलाई लेबनान छोड्न अनुरोध गरेका छन् । 

भारतले पनि बिहीबार ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न भनेको छ । बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा लेबनानमा रहेका आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि भनेको छ । 

भारतले मिलेसम्म आफ्ना नागरिकलाई लेबनान छोड्न र नमिलेको अवस्थामा दूतावासको सम्पर्कमा रहन भनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro