site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वालिङ दोस्रो चरणमा, चन्द्रपुर बाहिरियो 

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग–२०२४ को दोस्रो चरणमा स्थान पक्का गरेको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा वालिङलाई जित दिलाउन सुक्रिया मिया र ज्याकलिन नासालीले गोल गरे । चन्द्रपुरकी सुनिता सुनारले एक गोल फर्काए पनि टिमको हार टार्न सकिनन् ।

खेलको छैटौँ मिनेटमा सुक्रियाले गोल गर्दै वालिङलाई अग्रतामा राखेकी थिइन् । ३६औँ मिनेटमा नासालीले गोल गरेपछि वालिङले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

खेलको ५०औँ मिनेटमा सुनिताले गोल गर्दै चन्द्रपुरलाई २–१ को अवस्थामा ल्याएकी थिइन् । तर, यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा वालिङले दोस्रो चरणमा स्थान सुनिश्चित गरेको हो ।

जितसँगै नौ खेलबाट १५ अंक जोडेको वालिङ तालिकाको चौथो स्थानमा छ । समान खेलबाट आठ अंक जोडेको चन्द्रपुर भने प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएको छ । चन्द्रपुर तालिकाको आठौँ स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro