site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

अस्पतालमा डाक्टर र अदालतमा न्यायाधीशको दरबन्दी पूरा नहुँदा सबैभन्दा बढी दुःख पाउने जनसाधारणले हो । अदालतमा न्यायाधीश नभए न्याय ढिलो हुन्छ । न्याय ढिलो हुनु नहुनुजस्तै हो । अस्पतालमा डाक्टर हुँदा बिरामीको ज्यानै जान सक्छ । तै पनि नेपालमा अस्पताल वा अदालतमा दरबन्दी पूर्ति गर्ने विषयलाई गम्भीरतापूर्वक लिइँदैन ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उमेर हदका कारण यही असोज १९ गतेदेखि अवकाश पाउँदैछन् । सर्वोच्च अदालतको प्रचलनअनुरूप उनी अहिले अनौपचारिक बिदामा छन् ।  यसरी  बसेका बेला सामान्यतः  मुद्दा हेर्नेलगायत अदालतको दैनिक क्रियाकलापमा संलग्न हुने परम्परा छैन । 

तैपनि न्यायाधीश नियुक्तिको सिफारिस नगरी अवकाशमा गएको अवगालबाट जोगिन  हो कि प्रधान न्यायाधीश श्रेष्ठ नियुक्ति प्रक्रिया थाल्ने प्रयत्नरत देखिए । तर, समय बितेपछिको उनको सक्रियता अर्थहीन हुने लक्षण प्रकट भएको छ । आफ्नै अध्यक्षतामा रहेको न्याय परिषद्बाट समेत प्रधान न्यायाधीश श्रेष्ठले निर्णय गराउन सकेनन् । 

Dabur Nepal
NIC Asia

यसो त न्यायपरिषद्को सिफारिसमा नियुक्त गरिने प्रावधान सुरु भएदेखि नै न्यायाधीश नियुक्तिमा प्रायः विवाद हुने गरेको छ । यस प्रकारको सधैँ देखिने विवादका लागि धेरैले न्यायपरिषद्को संरचनालाई दोष दिएको देखिन्छ भने कतिपयले व्यक्ति विशेषलाई जिम्मेवार ठानेका छन् । 

कानुन व्यवसायीको प्रतिनिधि संस्था नेपाल बार एसोसियसनले पनि न्यायाधीश नियुक्तिका बेला प्रायः असन्तुष्टि प्रकट गर्दैआएको छ । न्याय परिषद्मा बारको प्रतिनिधित्व भए पनि निर्णयमा समुचितरूपमा प्रतिविम्बित हुन नसकेको गुनासो सधैँ नै सुनिन्छ । यसपटक पनि नेपाल बारको आपत्तिको मूल कारण सम्भवतः यही नै हो ।

यसबीच न्यायाधीश नियुक्तिमा न्याय परिषद् नियमवाली संशोधनले थप विवाद निम्त्याएको छ ।  विशेषगरी कानुन व्यवसायीका तुलनामा कर्मचारीबाट नियुक्त हुने न्यायाधीशलाई वरीयतामा अपेक्षाकृत माथि राखिएको भन्दै बारले संशोधन खारेज नगरी न्यायाधीश नियुक्त भए स्वीकार्य नहुने चेतावनी दिएको छ ।  

कानुन व्यवसायीहरूलाई प्रधान न्यायाधीश हुने बाटो सधैँका लागि छेक्ने प्रावधान नियमावलीबाट हटाउने माग गर्नु अनुचित होइन । यस्तै, कनिष्ठ कानुन व्यवसायी अपेक्षाकृत सजिलै प्रधान न्यायाधीश हुने तर कर्मचारीबाट नियुक्त गरिएका न्यायाधीश आफूभन्दा कनिष्ठको मातहतमा रहनुपर्ने अवस्था पनि न्यायोचित होइन ।

यसैले नियमावलीका संशोधन गरेर वा कानुन बनाएर यो समस्या समाधान गर्ने उपाय खोज्नु उचित हुनेछ । तत्कालका लागि भने प्रधान न्यायाधीश श्रेष्ठले विवाद बढाउने निर्णय गर्नुभन्दा यथास्थितिमा नै सन्तोष मान्नु उपयुक्त हुने देखिन्छ ।  

यसै पनि अनौपचारिकरूपमा अदालतबाट बिदा भइसकेका प्रधान न्यायाधीश श्रेष्ठको सक्रियतामा  नियुक्ति गरियो भने नवनियुक्त न्यायाधीशहरू पनि विवादमा पर्नेछन् । यसैले अदालतकै छवि स्वच्छ राख्नका लागि पनि न्यायाधीश नियुक्ति प्रक्रिया अर्का प्रधान न्यायाधीश नियुक्त नहुँदासम्म थाती राख्नु नै बुद्धिमानी हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro