site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलले गरे सुस्तामा झोलुंगे पुल उद्घाटन

रुपन्देही । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा निर्माण गरिएको झोलुंगे पुलको बिहीबार एक कार्यक्रबीच उद्घाटन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५, नारायणी नदीमाथि मल्टिस्पान झोलुंगे पुल निर्माण गरिएको हो ।

पुल उद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत व्यक्तिको सहभागिता रहेको थियो ।

भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा ३५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुंगा दुर्घटना हुँदा मानवीय क्षति समेत व्यहोर्नुपरेको थियो ।

एक हजार ५७१ मिटर लामो उक्त झोलुंगे पुल २० करोड ९३ लाख रुपैयाँमा निर्माण गरिएको हो । उक्त पुल तत्कालीन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा ०७२ सालमा निर्माण सम्झौता भएर निर्माण सुरु गरिएको थियो । सम्झौता भएको आठ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो ।

झोलुंगे पुल बनेसँगै नवलपरासीको सुस्ता बस्तीमा विद्युत् पनि पुगेको छ । नारायणी नदीका कारण बिजुलीका खम्बा राख्ने समस्याले यसअघि त्यहाँ विद्युत् पुग्न सकेको थिएन ।

सुस्ता बस्तीका ३५० परिवारमध्ये २५ प्रतिशतभन्दा बढीसँग नागरिकता र लालपुर्जा नभएको सुस्ता–५ का सदस्य आदम खाँले बताए । वर्षौँदेखि बसोबास गर्दै आए पनि उनीहरुसँग नागरिकता र लालपुर्जा नहुँदा विद्युत् उपभोगबाट वञ्चित रहँदै आएका उनले उल्लेख गरे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro