site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, तीनजनालाई पुनः अन्तर्वार्तामा बोलाइयो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढेको छ । यसअघि अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणमा भाग नलिएका तीनजनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठित सिफासिस समितिले पुनः सूचना निकालेर असोज १८ गते बिहान ८ बजे बोलाएको छ ।

यसअघि नेपाल स्टक एक्सचेन्ज–नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण –तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जिबी चापागाईंले दुई पटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए ।

तीनजानाकै कारण बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ भएको थियो । यसअघि सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक कार्ययोेजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया थाल्न समितिलाई निर्देशन दिएको थियो । तर, सरकार परिवर्तन भएसँगै सन्तोषनारायणले सर्वाेच्च अदालतमा रिट हालेका थिए । 

सर्वाेच्चले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तिरिम आदेश दिएको थियो । यहीअनुसार सर्ट लिस्टमा परेका पाँचजना मध्यबाट नै अध्यक्ष छनोट गर्न समितिले पहल गरेको छ ।

बोर्ड गत पुस २१ गतेबाट कार्यकारी अध्यक्षको भरमा छ । पूर्णकालीन अध्यक्ष नहुँदा बोर्डका कामकारबाहीमा प्रत्यक्ष असर परेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro