site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजी मोटर्सको फ्यूचर ईभी कार्निभल, नयाँ खरिद एवं साट्दा विशेष अफर
Tiktok banner adTiktok banner ad

काठमाडौं । सीजी मोटर्सको आधिकारिक बिक्रेता फ्युचर मोटर्सले असोज ९ देखि १२ गतेसम्म फ्यूचर ईभी कार्निभल सुरु गरेको छ । 

भक्तपुरको राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा कार्निभल आयोजना गरिएको छ ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन चल्ने कार्निभलमा रिड्डारा, नेटा, जीएसी, किङलङ र सीजी केवाइसीका सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।

कार्निभलमा प्रदर्शनीमा विभिन्न सवारीसाधनलाई टच एण्ड फिल गर्न पाउने कम्पनीले जनाएको छ । यसका साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेयपदार्थका स्टल राखिएका छन् ।

प्रदर्शनीमा राखिएका कुनै पनि सवारीसाधन खरिदमा ग्राहकले अन द स्पट फाइनान्सिङ, एक्सचेञ्ज अफर, विशेष डिस्काउन्ट र अन द स्पट भ्यालुएसनको सुविधा पाउने कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले अभतार, रिड्डारा, नेटा, जीएसी, किङलङ, सीजी केवाइसी, दायुन र स्मार्ट गरी आठ ब्राण्डका विद्युतीय सवारीसाधनहरू बिक्री गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro