site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरी यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ  

विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ बिचौलिया पक्राउ परेका छन् । बुधबार दिउँसो प्रहरी टोलीले यातायात कार्यालय पुगेर उनीहरूलाई पक्राउ गरेको हो । 

यातायात कार्यालयमा बिचौलियाले अनावश्यक दुःख दिने गरेको गुनासोको आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको प्रहरी टोली अनुगमनमा पुगेको थियो । 

कार्यालयका महत्त्वपूर्ण कागजात नै लेखापढी केन्द्रसम्म लगी सेवाग्राहीसँग काम गरिदिने भन्दै मोलतोल गर्ने गरेको गुनासो प्रशासनसमक्ष पुगेको बताइएको छ । उनीहरूले सवारी चालक अनुमतिपत्र चाँडै निकालिदिने भन्दै सेवाग्राहीसँग रकम असुली गर्ने गरेका छन् ।

इलाका प्रहरी कार्यलय इटहरीका अनुसार पक्राउ परेकाहरूको विषयमा अनुसन्धान सुरु गरिएको छ । प्रदेश सरकार मातहत रहेको यातायात कार्यालयमा सेवाग्राहीले अत्यधिक सास्ती पाउने गरेको जनगुनासो बढ्दो छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro