site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

संसद्का ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि सरकार शासन पद्धतिमा देखिएका विकृति हटाउनतर्फ लाग्ला कि भन्ने जनअपेक्षा यति चाडै नै तुहिएला भन्ने सम्भवतः धेरैले चिताएकै थिएनन् । दुर्भाग्य, नेकपा ९एमाले० खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा बनेको संयुक्त सरकारले कुलक्षण देखाउन सय दिन पनि पर्खेन ।

यस सरकारको पालामा भएको एउटा उल्लेखनीय काम हो सहकारी ठगीको छानबिन गर्न गठिन संसदीय समितिको प्रतिवेदन । सरकारले समितिको प्रतिवेदन कार्यान्वयन गरेर सहकारी ठगहरूलाई सजाय र पीडितहरूलाई न्याय देला भन्ने जनअपेक्षा थियो । तर, सरकार भने सहकारी बचत अपचलनमा संलग्न भनी समितिले औँल्याएकै व्यक्तिलाई नै  नियामक निकाय सहकारी विकास बोर्डको सदस्य नियुक्त गर्न पुग्यो ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

सहकारी विकास बोर्ड राज्यको सहकारीसम्बन्धी नीति निर्माणदेखि सहकारी आन्दोलनको प्रवर्धन एवं नियमनमा सरकारलाई सहयोग गर्ने निकाय हो । ऐनबाट गठित अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संस्था भएकाले यसमा स्वार्थ बाझिने व्यक्ति नियुक्त हुनु वा गर्नु नैतिकरूपमा पनि गलत हुन्छ । सरकारले यो धिङ्न्याइँले पीडितहरूलाई थप पीडा दिएको छ । संसदीय समितिका सदस्य सांसदहरूले पनि आफ्नो प्रतिवेदनको उपहास हुन दिनु हुँदैन ।

सरकारका यस्तै क्रियाकलापका कारण संसदीय समितिको प्रतिवेदन निष्पक्षतापूर्वक कार्यान्वयन हुने र सहकारी ठगले सजाय पाउने जनविश्वास र सरकारको नैतिक धरातल कमजोर हुँदैगएको छ । सम्भवतः यही बुझेर संसदीय समितिको प्रतिवेदनमा दोषी किटान गरिएकाहरूले समेत चर्को डाँको गर्न थालेका हुन् । नैतिक धरातलै कमजोर भएपछि कारबाही गर्ने साहस पनि हुँदैन । 

संसदीय समितिले कारबाही गर्नुपर्ने भनेर औँल्याएको व्यक्तिलाई नियामक निकायमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्यणमा राजनीतिक नेतृत्व त दोषी छँदैछ प्रशासकहरू पनि यसमा जिम्मेवार छन् । प्रस्तावित व्यक्तिको वैयक्तिक पृष्ठभूमि केलाएर राजनीतिक नेतृत्वलाई गल्ती गर्न नदिने जिम्मेवारी मुख्यसचिवको हो । राजदूत नियुक्तिको सिफारिसलगायतका निर्णयमा मुख्यसचिव नेतृत्वको सचिवालयले कर्तव्य पूरा नगरेको देखिएको छ ।

यसरी नै शासकीय धर्म र आफ्नै नैतिक धरातलमा प्रहार गर्दै जानेको हो सरकारले शासन गर्ने नैतिक वैधता गुमाउँछ । नैतिक वैधता गुमेको सरकार जरा मकाएको वृक्षजस्तै सानै हुरीमा पनि ढल्छ । त्यसपछिको अवस्था अकल्पनीय हुनसक्छ । 

यसैले यस्ता  अक्षम्य गल्ती हुन नदिन सरकारको राजनीतिक र प्रशासनिक नेतृत्व सजग होस् । स्वार्थ बाझिने व्यक्ति स्वयंले राजीनामा गर्ने हो कि सरकारले हटाउने हो जे गर्नुपर्छ छिटै गरेर सरकारले गल्ती सुधार्नु उचित हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro