site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता  

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । 

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले मंगलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी हुन् ।  

उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय–युलसँग गरेको द्विपक्षीेय भेटवार्तामा दुई देशको मित्रता, पारस्पारिक सम्मान, समझदारी र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा छलफल भएको छ  । भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको छ ।  

परराष्ट्रमन्त्री राणाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वर्षका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने बताइन् । उनले विदेशमन्त्रीमार्फत् कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरेकी छन् ।  

भेटमा पछिल्लो समय ईपीएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकलाई समेत दक्षिण कोरियाले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री राणाले धन्यवाद दिएकी छन् । 

मन्त्री राणाले कोरियालाई नेपालमा थप लगानी गर्न आग्रह गरेकी छन् । 

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्, सुरक्षा परिषद्लगायतमा उमेदवारी दिएकाले कोरियाको सहयोगका लागि आग्रह गरिन् ।        

मन्त्री राणाले मंगलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी छन् । भेटमा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयबारेमा छलफल भएको छ । 

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्, सुरक्षा परिषद्लगायतमा उमेदवारी दिएकाले फिलिपिन्सको सहयोगका लागि आग्रह गरेकी छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro