site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
चोटका कारण स्वर्ण जित्न असहज भयो : एरिका गुरुङ
SkywellSkywell

काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक पदक दिलाएकी एरिका गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी छन् । ऐतिहासिक रजत पदकसहित मंगलबार स्वदेश फर्किएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै घुँडाको चोटका कारण फाइनलमा समस्या भएको बताइन् ।

एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भए पनि विपक्षी धेरै राम्रो रहेको बताइन् । फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा योभन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाइन् । 

Dabur Nepal
NIC Asia

मंगलबार त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका, उनका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीलाई स्वागत गरेका थिए ।

सो अवसरमा नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरे । 

चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको उनले बताए । प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे । 

सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अझै धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त गरे । यो सफलतामा प्रशिक्षक श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गरे ।

एरिकाले चीनको हाङझाउमा सम्पन्न २०औँ सिनियर एसियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन् । नेपालका कुनै पनि खेलाडीले यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । यद्यपि, उनी पहिलो स्वर्ण जित्न भने चुकिन् । यसअघि एरिका चीनकै हाङझाउमै एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुकेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro