site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको विषयमा थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा जाने भएका छन् ।  

प्रहरी निरीक्षकको कमान्डमा सीआईबीको टोली त्यसतर्फ जान लागेका हुन् । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा  पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका थिए । काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई साेही दिन पोखरा लगिएको थियो । 

उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइ पाँच दिनको म्याद लिइएको छ । उनको आज पनि बयान जारी रहने प्रहरीले जनाएको छ । 

सहकारी ठगी प्रकरणमा जोडिएका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)सहित १५ जना भने अझै फरार छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro