site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भोलिदेखि मनसुन थप सक्रिय हुने, भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलि (मंगलबार)देखि नेपालको मौसम थप सक्रिय हुने जनाएको छ । सोमबार साँझ विशेष बुलेटिनमार्फत विभागले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले मौसम थप सक्रिय हुने जनाएको हो ।

विभागका अनुसार, मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । केही स्थानहरूमा मध्यम वर्षा र एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Dabur Nepal
NIC Asia

MN1-1727105129.jpgबुधबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना  छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

यसैगरी, असोज १० गते (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । त्यस अवधिमा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

MN2-1727105129.jpg
साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

विभागले वर्षाले विषेशगरी कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरू सुरु गर्नुभन्दा अगाडि मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न आग्रह गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro