site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैज्ञानिकहरूले अर्बाैं वर्षसम्म रहने गरी ‘मेमोरी क्रिस्टल’मा राखे मानव ‘जिनोम’

काठमाडौं । वैज्ञानिकहरूले सबै मानव ‘जिनोम’लाई एक फाइभडी मेमोरी क्रिस्टलमा राख्न सफल भएका छन् । भविष्यमा मानवजाति विलुप्त हुनबाट जोगाउने आशामा बेलायती वैज्ञानिकहरूले मानव जिनोमलाई मेमोरी क्रिस्टलमा राखेका हुन् ।

बेलायतको युनिर्भसिटी अफ साउथह्याम्प्टनको अप्टोइलेक्टोनिक रिसर्च सेन्टरले बनाएको क्रिस्टलमा लोप हुन लागेका बोटविरुवा र अन्य प्राणीको विवरण समेत राख्न सकिने बताइएको छ । जिनोममा नै जीवको सम्पूर्ण डीएनए अथवा आनुवंशिक सामग्री रहेको हुन्छ ।

यो ५डी मेमोरी क्रिस्टलमा ३६० टेराबाइट्ससम्मको विवरण अर्बाैं वर्षसम्म सुरक्षित तरिकाले राख्न सकिने बताइएको छ । यसले अत्यधिक चिसो, तातो, प्रत्यक्ष दबाब, ब्रह्माण्डीय विकिरण र एक हजार डिग्री सेल्सियससम्मको तापक्रम सहनसक्ने बताइएको छ ।

सन् २०१४ मा यो क्रिस्टलले सबैभन्दा दिगो स्टोरेज मेटेरियलका रूपमा जेनस वर्ल्ड रेकर्ड बनाएको थियो ।

साउथह्याम्प्टन विश्वविद्यालयमा प्रोफेसर पिटर काजान्स्कीको टोलीले अल्ट्रा–फस्ट लेजर प्रयोग गरी मानव जिनोमको डाटालाई २० न्यायनोमिटर जति सानो पारेका थिए । एक न्यानोमिटर एक मिटरको एक अर्ब हिस्सामध्ये एक हुन्छ ।

यो क्रिस्टलमा रहेको विवरणलाई पाँच डाइमेन्सन ट्रान्सलेट गर्न सकिने हुँदा ५डी भनिएको छ । यो क्रिस्टलमा फाइभजीका रूपमा डाटा राख्नसक्नुले सधैँ रहने गरी बोटविरुवा तथा प्राणीको विवरण राख्न मिल्ने भण्डारको निमार्णका लागि बाटो खुला गरेको प्रोफेसर काजान्स्कीकको भनाइ छ ।

भविष्यमा यसलाई जहाँसुकै जोसुकैले पाएको अवस्थामा जानकारी होस् भन्ने उद्देश्यले मेमोरी क्रिस्टल भित्र के जानकारी छ भन्ने कुरा यसमा रहेको भिज्युअलकिमा राखिएको छ ।

तर, यो डाटालाई भविष्यमा कसले र कसरी पढ्न सक्ला भन्ने प्रश्न रहेको छ । यसअघि सन् २०१८ काजान्स्कीको टिमले एक आइज्याक असिमोडको फाउन्डसन पुस्तकलाई मेमोरी क्रिस्टलमा राखेको थियो । अन्य कागजात राख्न पनि यो प्रविधि प्रयोग भएको छ । वैज्ञानिकहरूले हालै पृथ्वीका जीवहरूलाई चन्द्रमामा क्रायोजेनिक बोयोरिपोजिटरीमा राख्ने योजना सार्वजनिक गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro