site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय राजदूतलाई कृषिमन्त्रीको आग्रह– कृषि क्षेत्रको विकासमा सहयोग चाहियो

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालका कृषि उत्पादनलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको शिष्टाचार भेटमा मन्त्री अधिकारीले नेपालको कृषि क्षेत्रको विकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

“यसले दुई देशबीचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्धनलाई बलियो बनाउने छ,” उनले भने ।

सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ छ । मन्त्री अधिकारीले खोरेत, फ्लूजस्ता रोग रोकथाम तथा कृषि उपजको आयात–निर्यातका लागि सीमा क्षेत्रको क्वारेन्टाइन व्यवस्था थप मजबुत बनाउन एकीकृत उपाय अपनाउनुपर्नेमा जोड दिए ।

“भारतको आधुनिक कृषि प्रविधिहरू विशेष गरी स्मार्ट कृषि र जलवायु प्रतिरोधी प्रविधिहरूमा सहकार्य गर्न नेपाल उत्सुक छ,” अधिकारीले भने, “कृषि क्षेत्रमा युवा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न दुवै देशको सहयोगबाट उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने छ ।” 

उनले नेपालमा रासायनिक मलको सहज आपूर्तिका लागि भारत सरकारबाट आगामी दिनमा पनि निरन्तर सहयोगका लागि आग्रह गरे ।

जवाफमा राजदूत श्रीवास्तवले नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा भारत सरकार सहयोग र सहकार्यका लागि तयार रहेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro