site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रौतहटको राजपुरमा हैजा : हिँडडुल र आवतजावतमा कडाइ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रौतहटको राजपुर नगरपालिका–४ मा देखिएको झाडापखाला/हैजाको रोकथाम र नियन्त्रणका निम्ति स्थानीय प्रशासनले कदम चालेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नियन्त्रणात्मक आदेश जारी गरेका हुन् ।

उक्त क्षेत्रमा मानिसको हिँडडुल र एक अर्को घर वा बस्तीमा आवतजावतमा नियन्त्रण गरिएको छ । अत्यावश्यक सेवाबाहेकका सवारीसाधनको आवतजावतमा पनि नियन्त्रण गरिएको छ । उक्त क्षेत्रमा माछामासु ओसारपसार र बिक्री वितरणमा नियन्त्रण गर्न समेत आदेश जारी गरिएको छ ।

राजपुर–४, जोवैरचोकदेखि मदनीचोक र शेख अब्दुल्लाहको खलिहानदेखि डा. नुरुल होदाको घरसम्मको वरिपरिको घरधुरी क्षेत्रमा उक्त आदेश लागु हुनेछ ।

“राजपुर नगरपालिकाको कार्यालय, रौतहटको पत्र संख्या ०८१/०८२, च.नं. ७०० मिति २०८१।०६।०६ को प्राप्त पत्रानुसार राजपुर नगरपालिकाअन्तर्गत वडा नं. ४ मा मिति २०८१।०६।०२ गतेका दिन प्रारम्भिक रूपमा एकजनामा देखिएको झाडापखालाको बिरामी संख्या बढ्दो क्रममा रहेको र आरडीटी एवं कल्चर टेस्टबाट हैजा देखिएको भन्ने रिपोर्ट प्राप्त हुन आएको सन्दर्भमा सोको रोकथाम र नियन्त्रण एवं अन्य व्यक्ति र समुदाय/क्षेत्रमा फैलिन सक्ने सम्भावना देखिएकोले प्रभावित क्षेत्रमा मानिसहरूको आवतजावतलगायत गतिविधिमाथि तत्काल रोक्न वा नियन्त्रण गर्न आवश्यक सहयोग गरिदिन हुन भनी अनुरोभ भई आएकोले तपसिलबमोजिम प्रभावित क्षेत्रहरूमा प्रमुख जिल्ला अधिकारीबाट मिति २०८१।०६।०६ गतेदेखि अर्को आदेश नभएसम्मको लागि निम्नानुसारका कार्यहरू गर्न गराउन यो आदेश जारी गरिएको छ,” आदेशमा उल्लेख छ ।

fsdmg-1727064079.jpeg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro