site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सन नेपालको वार्षिकोत्सवमा दुई नयाँ बिमा योजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर दुई नवीनतम बिमा योजना सार्वजनिक गरेको छ । सातौँ वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बिमा योजना सार्वजनिक गरेको हो ।

सुनौलो बाल समृद्ध जीवन बिमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बिमा अवधिभित्र प्रस्तावकको निधन भएमा बिमांक रकम भुक्तानी हुनेछ र बिमितलाई बिमा अवधिसम्म बिमांक रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बिमा कम्पनीले व्यहोर्ने आकर्षक विशेषता रहेको पनि जानकारी गराइएको छ ।

‘सनलाइफ मेडिकेयर’ आपत्कालीन अवस्थामा औषधि उपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बिमा योजना हो । यसप्रकारको बिमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरिएको जानकारी गराइएको छ ।

अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा एक लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यो योजनाअन्तर्गत आपत्कालीन उपचार गर्दा यसबाट आमनेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देश रहेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro