site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले कामै गर्दैन, गफ बढी गर्छ भन्छन् : देउवा

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सत्ताका निम्ति कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनले जिकिर गरे ।

शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताका पक्षमा काम गर्नुपर्ने बताए । आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जनताका पक्षमा खटिएर काम गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समेत दिए ।

कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको उनले उल्लेख गरे । दुःखमा परेका जनताका पक्षमा काम गर्न उनले नेता–कार्यकर्तालाई सचेत गराए ।

कार्यक्रममा सभापति देउवाको भनाइ पढ्नोस्–
एमाले र कांग्रेस दुईवटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुईवटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर, प्रतिस्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाएअनुसार त नेपाली जनताहरू खुसी भएका छन् । कति कचकच गर्ने, दुईवटा पार्टी मिलेका छन्, आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यसकारण दुईवटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर, हामीले काम पनि त्यहीअनुसार गर्नुपर्‍यो । कांग्रेसले कामै गर्दैन भन्छन् है, विचार गर्नू । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन, अनि खाइदेला नि अरू पार्टीले ! त्यसकारणले कांग्रेसले अरू बढी काम गर्नुपर्‍यो । जनतासँगको सम्बन्ध बढाउनुपर्‍यो । जनताको दिल जित्नुपर्‍यो । जनताको कामहरू गर्नुपर्‍यो । त्यसकारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ । हामीले जिल्लाका मात्रै होइन, प्रदेशका सबै ठाउँका विकास योजनाका कामहरू गरेर आफ्नो ठाउँका लागि, आफ्नो गाउँको लागि, आफ्नो जिल्लाको लागि – त्यति मात्रै होइन, सर्वसाधारण जनता र खासगरीकन दुःख पाएका जनताको लागि हामीले काम गर्‍यौँ भने, कांग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ, यसै काममा लाग्नका लागि म सबै साथीभाइहरूलाई आग्रह गर्न चाहन्छु । अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएका । यसमा यति धेरै गाह्रो छ । कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि, हामीले यो गाह्रो काम नै गर्नुपर्‍यो । अप्ठ्यारो काम नै गर्नुपर्‍यो । त्यसको निम्ति मिहिनेत धेरै गर्‍यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ । कम से कम नम्बर वान पार्टी, पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुनेछ । यही काम लाग्न अनुरोध गर्दछु । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro