site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सरकारी अस्पतालमा काम गर्ने समय निजीमा काम गर्ने चिकित्सकलाई कारबाही’
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पतालमा गए कारबाही हुने चेतावनी दिएका छन् । 

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक उपलब्ध हुनुपर्ने बताए । तर सरकारी अस्पतालमा काम गर्ने समयमा निजी अस्पतालमा भेटिए कारबाही हुने बताए । 

उनले मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । 

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने तर क्रमिक सुधारको बाटोमा लैजाने बताए । 

मन्त्री पौडेलले स्वास्थ्य बिमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको बताए । 

मन्त्री पौडेलले सहकारी प्रकरणमा कसैले आफूलाई निर्दोष भन्नुभन्दा पनि प्रतिवेदनलाई राम्ररी अध्ययन गर्न सुझाव दिए । उक्त प्रतिवेदनलाई सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro