site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दरबारमार्ग कन्सर्ट : काठमाडौंका २० ठाउँको ट्राफिक डाइभर्सन, पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा बिहीबार साँझ कन्सर्ट आयोजना हुने भएपछि काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि डाइभर्सन गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख डीआईजी भरतबहादुर बोहराका अनुसार कन्सर्ट अवधिभरका लागि लैनचौरबाट केशरमहलतर्फ, नागपोखरी तल्लो मोडबाट जयनेपाल चोकतर्फ, कृष्णपाउरोटीबाट जयनेपालतर्फ, कमलादी मोडबाट गणेशस्थानतर्फ डाइभर्सन गरिएको छ ।

भोटाहिटीबाट जमलतर्फ, ठमेलस्थित सञ्चयकोषबाट केशरमहलतर्फ, सामाखुसीबाट लैनचौरतर्फ, नारायणगोपाल चोकबाट खानी विभागतर्फ डाइभर्सन गरिएको छ ।

कन्सर्टमा सहभागी हुन आउने भीभीआईपी/भीआईपीहरूको गाडी पार्किङका लागि निर्वाचन आयोग, केशर पुस्तकालय, राहदानी विभाग र संग्रहालय दक्षिणगेटमा राख्ने व्यवस्था गरिएको छ ।

अन्य सर्वसाधारणका लागि टुँडिखेल, सुन्धारा, धरहरा, प्रज्ञा प्रतिष्ठान, भृकुटीमण्डप, काठमाडौं भ्युटार, नेपाल स्काउट, संचयकोष भवन, सानोगौचरण, खानी विभाग र प्रर्दशनीमार्ग सडकमा राख्ने व्यवस्था गरिएको छ ।

नागरिकस्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले ‘समन्वय’ र ‘सहजीकरण’ गरेको छ । कन्सर्टमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने कार्यतालिका छ । 

बिहीबार दिउँसो ४ बजेबाट सुरु हुने कन्सर्टको सुरक्षाका लागि करिब पाँच हजार सुरक्षाकर्मी कार्यक्रमस्थलमा खटिएका छन् । नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसहित सशस्त्र प्रहरी बल समेत सुरक्षाका लागि खटिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro