site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी सहायक हवल्दार पोखरेल र हवल्दार थापा पुरस्कृत

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सहायक प्रहरी हवल्दार  इन्द्रमणी पोखरेल र प्रहरी हवल्दार बिमल थापालाई पुरस्कृत गरेको छ ।

भदौ महिनाभरी गरेको उत्कृष्ट कामको आधारमा पोखरेल र थापालाई पुरस्कृत गरेको हो । भदौ महिनामा मात्रै अनुसन्धान कार्यालय टेकुको आठ नम्बर पिलरमा वैदेशिक रोजगारीमा लगाउने भन्दै ठगी गर्ने २२ जनालाई पक्राउ गरेको थियो ।

उनीहरूले सयौँ युवायुवतीहरूलाई युरोपका विभिन्न देश पठाउने भन्दै दुई करोडभन्दा बढी रकम ठगी गरेको खुलेको थियो । त्यसरी ठगी धन्दामा सक्रियहरूलाई कार्यालयको टोलीले दुईपटक भारतको दिल्ली नै पुगेर पक्राउ गरी नेपाल ल्याएको थियो ।

उनीहरूलाई पक्राउ गर्न पोखरेल र थापाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कार्यालयले दुवैजनालाई उनीहरूको ट्रयाक रेकर्ड जनाइने गरी भदौ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro