राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले प्रस्तावित तीनजना राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेका छन् ।
मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिना, इजरायलका लागि धनप्रसाद पण्डित र साउथ अफ्रिकाका लागि प्रस्तावित कपिलमान श्रेष्ठलाई अनुमोदन गर्न नसकिने बैठकमा अर्यालले बताएको स्रोतले बताएको छ ।
संसदीय सुनुवाइ समितिको बैठक जारी छ । बैठकमा पत्रकारलाई बस्न दिइएको छैन ।
समितिले १७ देशका निम्ति सिफारिस राजदूतको सम्बन्धमा छलफल र निर्णय गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ १२:३४
प्रतिक्रिया दिनुहोस्