site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाडपर्वमा नियमित उडानका लागि कार्ययोजना बनाउँदै वायु सेवा निगम

काठमाडौं । नेपाल वायु सेवा निगमले चाडपर्वमा नियमित जहाज उडानको लागि ६० दिने कार्ययोजना बनाउने भएको छ । दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ६० दिने कार्ययोजना बनाएर सेवा दिने तयारी गरेको हो ।

चाडपर्वमा कसरी नियमित सेवा गर्न सकिन्छ भनेर २४ घण्टामा स्पष्ट कार्ययोजना बनाउन समेत निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएका छन् ।

अधिकारीले निगमका नायब महाप्रबन्धक, इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका प्रमुखलाई मंगलबार विशेष निर्देशन दिएका हुन् ।

यसैगरी अत्यावश्यक र अत्यन्त जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा नजान र मातहत कर्मचारीहरूलाई समेत नपठाउन प्रष्ट निर्देशन दिए । चाडपर्वमा सेवा सञ्चालनमा अवरोध हुने गरी बिदा नदिन समेत अधिकारीले निर्देशन दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro