site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीले मेटमणिलाई के गर्छ ? 
मेटमणि चौधरी । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरी विवादमा तानिएका छन् । नेपालको चुच्चे नक्सामा समेटिएको लिम्पियाधुरा, कालापानी, लिपुलेक भारतको भएको अभिव्यक्ति दिएपछि विवादित भएका हुन् ।

प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा उनले नेपालले ती भूभागमा दाबी गर्नु जनतालाई बेवकुफ बनाउने विषय भएको बताएका थिए । गएको भदौ २५ गतेको उक्त अन्तर्वार्तामा चुच्चे नक्साबारे मेटमणिले भनेका थिए–
आज चुच्चे नक्सा निकाल्यो रे ! पहिले नदी बेच्ने, त्यही नदी बेचेका कारण लिम्पियाधुरा, लिपुलेक, कालापानीमाथि इन्डियाले दाबी गरेको छ । मलाई लाग्छ, दाबी पुग्छ उसको । उसले लिन पाउँछ । त्यो भूमिका कसले निर्वाह गर्‍यो ?

धमलाले प्रतिप्रश्न गरेका थिए– आज घोषणा गर्नुभयो लिम्पियाधुरा, लिपुलेक, कालापानी भारतको हो ? 
मेटमणिको जवाफ थियो– भारतको हो नि ! बेच्ने अनि होइन भन्न मिल्छ ? बेचिसकेपछि मेरो देशको नक्सा, चुच्चे नक्सा भन्न मिल्छ ? यस्तो फटाहागिरी काम कसैले गर्न मिल्दैन । 

KFC Island Ad
NIC Asia

त्यति बेला एमालेको भूमिका थियो, गल्ती थियो । कोसी, गण्डकी बेच्ने काम भयो । पछिल्लो दुईवटा नदी बेच्ने काममा हाम्रो भूमिका थिएन । कम्युनिस्ट पार्टीको मान्छेको भूमिका थिएन । पछिल्लो महाकाली सन्धि सम्झौता गर्दा ३०० स्क्वायर किलोमिटर भूमि छ, जुन भारतले दाबी गरिरहेको छ । उसको दाबी पुग्छ ।

तर, आज मान्छेलाई भ्रमित, बेवकुफ बनाउनका लागि चुच्चे नक्सा निकालेको छौँ भन्छ । चुच्चे नक्सा निकालेपछि कतिपटक डिप्लोमेटिक नोट निकालिएको छ ? कतिपटक छोड भनिएको छ ? त्यसैले जनता सचेत छन् ।

मेटमणिको उक्त अभिव्यक्ति राष्ट्रियताविरोधी भन्दै आलोचना गरियो । चौतर्फी आलोचनापछि एकीकृत समाजवादीले उनलाई स्पष्टीकरण सोधेको थियो ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भदौ २७ गते स्पष्टीकरण सोधेका थिए– 
तपाईंले लिपुलेक र कालापानीमाथि इन्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ, मलाई लाग्छ, दाबी पुग्छ उसको, भारतले लिन पाउँछ, कालापानी र लिपुलेक भारतको हो नि भन्नुभएको रहेछ । अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् ।

उनलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । त्यसपछि मेटमणिले भदौ २८ गते विज्ञप्ति जारी गर्दै चुच्चे नक्साका बारेमा आफूले दिएको अभिव्यक्ति तोडमोड गरिएको आरोप लगाए–
कार्यक्रममा चुच्चे नक्साको सन्दर्भ उठेपछि मैले ‘महाकाली सन्धिका नाममा नेपालको महाकाली नदीलाई दुवै देशले पानी, लगानी, उत्पादन र उपभोगमा आधाआधाको सिद्धान्त उल्लेख गरेको कारणले भारतले महाकाली नदी र नदीको नक्कली मुहानको पश्चिम–उत्तरमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा दाबी गरेको र दाबी पुगिरहेको कुरा भारतले गरिरहेको छ’ भनेको छु । भारतको यसै दाबीलाई आधार मान्ने हो भने उसको दावी पुग्छ, तर २०१५ सालको आमनिर्वाचनमा ती क्षेत्रका बासिन्दाहरूले मतदान गरेको र जग्गा–जमिनको तिरो नेपाल सरकारलाई तिरेको प्रमाण भएकोले ती भूभागहरू नेपालकै भएको मैले दाबी गरेको छु । मैले महाकाली नदीलाई आधाआधा बनाएर गरिएको सन्धिको विरोध गर्दा मेरो मूल आशयलाई बंग्याउने प्रयास भएको छ । मैले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी यस विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरे पनि न मेरो त्यस्तो आशय थियो न त नियत नै । कार्यक्रममा मेरो अभिव्यक्ति हेर्ने सुन्ने जोसुकैले यो सजिलै बुझ्न सक्नुहुनेछ ।

आफू मुलुकको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति प्रतिबद्ध रहने विषय आशंका नगर्न उनले आग्रह गरेका थिए । उनले पार्टीलाई स्पष्टीकरण पनि बुझाइसकेका छन् ।

स्पष्टीकरणपत्रमा उनले आफूले बोलेका विषयमा क्षमायाचना पनि गरेका एकीकृत समाजवादीका उपमहासचिव एवं कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार, स्पष्टीकरणपत्रमा मेटमणिले लेखेका छन्–
मेरो आशय त्यस्तो होइन । मैले बोलेका शब्दले पर्न गएको असुविधाप्रति क्षमायाचना गर्छु । म अखण्ड नेपाल, लिम्पियाधुरासहितको नेपालको नक्साको पक्षमा छु । त्यसमा दुविधा राख्न जरुरी छैन । मेरो भनाइमा त्रुटि भए क्षमा चाहन्छु ।

यसैबीच, पार्टीका सम्मानित नेता झलनाथ खनालले मेटमणिलाई कारबाही गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले मेटमणिको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

झलनाथको विज्ञप्तिमा उल्लेख छ–
यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक ? यो त सोह्रै आना राष्ट्रियताविरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो । हाम्रो पार्टीजस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो । यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन, सामान्य कार्यकर्ता, साधारण सदस्य तथा समर्थक र शुभेच्छुकहरूबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ ।

खनालले मेटमणिलाई पार्टीबाट हटाउन माग गरेका छन्–
आमकार्यकर्ता, समर्थक र शुभेच्छकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ । यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्त्वहरूबाट हाम्रोजस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्तिसमक्ष जोडदार माग गर्दछु ।

पार्टीले के गर्छ ? 
एकीकृत समाजवादीले अब के गर्छ भन्ने चासको विषय बनेको छ । उपमहासचिव एवं कार्यालय सचिव भट्टराई पार्टी बैठक बसेर निर्णय गर्ने बताउँछन् । बैठकको मिति भने तय भइसकेको छैन ।

“उहाँको स्पष्टीकरण आइसकेको छ, पार्टी बैठकले निर्णय गर्छ,” उनले बाह्रखरीसँग भने ।

स्रोतका अनुसार, ‘बोल्दा जिब्रो चिप्लिएको’ भन्दै उनलाई कुनै कारबाही नगर्ने सम्भावना धेरै छ । पार्टीका एक पदाधिकारीले सम्मानित नेता खनालले विज्ञप्ति निकालेर चर्चा खोजेको भन्दै आपत्ति जनाए ।

“के गर्ने भन्ने छलफल पार्टी बैठकमा गर्ने हो । आफ्ना कुरा त त्यहाँ राख्ने हो । पार्टीका सम्मानित नेताले नै बाहिर वक्तव्यबाजी गरेर हिँड्नु उचित होइन,” ती पदाधिकारीले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro