site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फा लिग : एपीएफसँग संकटा ३–० गोल अन्तरले पराजित

काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो । एपीएफलाई जित दिलाउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । सरुले खेलको १३औँ मिनेटमा गोल गरिन् । त्यस्तै, अनिताले ५०औँ र सविताले खेलको ६४औँ मिनेटमा गोल गरेकी थिइन् ।

जितसँगै ६ खेलमा १६ अंक जोड्दै एपीएफ तालिकाको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाको पाँच अंक छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro