site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यी हुन् १० भन्दा बढी बैठकमा अनुपस्थित सांसद 

काठमाडौं । प्रतिनिधिसभामा लगातार १० भन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरिएको छ । 

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले १४ सांसदको बिदाबारे जानकारी गराएका हुन् । आज राति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य हुने भएकाले अनुपस्थित सांसदबारे जानकारी गराइएको हो । 

प्रतिनिधिसभाको चौथो अधिवेशन १३० दिन चलेको थियो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बिदा बसेका सांसदको मात्रै जानकारी गराउँदा गलत सन्देश जाने भन्दै उपस्थित सांसदहरूका बारेमा पनि जानकारी गराउन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro