site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको प्रश्न– पाँचथरमा दुई बालबालिकाको निधन बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा बम विस्फोटबाट मृत्यु भएका बालबालिकाको विषयलाई लिएर माओवादीमाथि प्रश्न उठाएका छन् । 

राष्ट्रसंघीय महासभामा जाने विषयको जानकारीसहित सोमबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले संसद्मा उठेका प्रश्नमा पछि जवाफ दिने बताए । 

“पाँचथरमा दुई बालबालिकको निधन भयो । बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ?,” प्रधानमन्त्री ओलीले भने, “अहिले निधन भयो मात्र भनौँ अरु पछि भनौँला । बम विस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो ?” 

माओवादीले सशस्त्र युद्धलाई हिंसा भनेको स्वीकार नगरेको विषयलाई उनले अहिलेसम्म त्यसको प्रभाव कायम रहेको देखाउन फरक शैलीको प्रयोग गरेका हुन् । “तर, बम विस्फोटबाट निधन भयो । उहाँहरूको परिवारलाई पाँच–पाँच लाख दिने निर्णय सरकारले गरेको छ,” प्रधानमन्त्री ओलीले भने, “अन्य घाइतेहरूको उपचारको जिम्मा सरकारले लिने निर्णय गरेको छ ।”

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro