site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युद्धमा बालबालिका प्रयोगलाई ‘युद्ध अपराध’ घोषणा गर्न माग गरिएको रिटलाई अग्राधिकार 

काठमाडौं । सर्वोच्च अदालतले माओवादी सशस्त्र युद्धमा बालबालिका प्रयोगलाई 'युद्ध अपराध' घोषणा गर्न माग गरिएको रिटलाई अग्राधिकार दिएको छ ।

अधिवक्ताद्वय ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटलाई न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि अग्राधिकार प्रदान गरेको हो । रिट गत शुक्रबार दर्ता भएको थियो ।

रिटमा ‘०५२ साल फागुन १ देखि ०६३ मंसिर ३ सम्म चलेको हिंसा र हत्याको राजनीतिमा बालबालिकाको प्रयोगलाई ‘युद्ध अपराध’ घोषित गर्दै युद्ध अपराधीहरूलाई हदैसम्मको कारबाही’ गर्न माग गरिएको छ ।

रिटमा विपक्षी झिकाउने सहितको कारण देखाऊ आदेश पनि जारी भएको छ ।

प्रारम्भिक सुनुवाइमा रिटकर्ता अधिवक्ता बस्नेत र मास्केसहित वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए । उनीहरूले बालबालिका समाज र देशको भविष्य भएकाले उनीहरूलाई विकासको पूर्वाधारका रूपमा हेर्नुपर्ने बताएका थिए । उनीहरूले सम्मानजनक बाँच्न पाउने अधिकार र आफ्नो जन्मदिने आमा बुवा र परिवारमा हुर्कन पाउने अधिकारबाट बालबालिकालाई वञ्चित गर्ने अधिकार कसैलाई नभएको तर्क गरेका थिए । 

शिक्षा, स्वास्थ्य र शान्तिपूर्वक हुर्कन पाउन् बालबालिकाको प्राकृतिक प्रदत्त अहरणीय अधिकार भएको उनीहरूको जिकिर थियो । 'युद्धमा भएको बालबालिकाको प्रयोग'लाई 'युद्ध अपराध' घोषणा नगरे भविष्यमा पनि राजनीतिक आन्दोलनका नाममा प्रयोग हुन सक्ने बताएका थिए ।

युद्धमा बालबालिकाको प्रयोगलाई मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र महासन्धिहरूले 'युद्ध अपराध'को रूपमा परिभाषित गरेबमोजिम फैसला हुनुपर्ने माग रिटमा गरिएको छ । यसबारे नेपालको कानुनमा पनि व्यवस्था गर्नका लागि रिटमा परमादेश माग गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro