site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुधीर शर्माका दुई पुस्तक सार्वजनिक

काठमाडौं । पत्रकार तथा लेखक सुधीर शर्माका दुई पुस्तक सार्वजनिक गरिएको छ । ‘भिक्षु व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ नामक दुई पुस्तक आइतबार सार्वजनिक गरिएको हो ।

काठमाडौंमा एक कार्यक्रमबीच शर्माका दुई किताब सार्वजनिक गरियो । चीन र तिब्बतसँग नेपालको सम्बन्धका बारेमा किताबमा लेखिएको छ ।

p7-1726400428.jpg
पुस्तक विमोचन कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले परापूर्वकालदेखि चीनसँग नेपालको सम्बन्ध रहेको तथ्य शर्माका किताबले पेस गरेको सुनाए । उनले भने, “नेपालको बाह्य सम्बन्ध भारतसँग निर्भर छ भन्ने जुन मान्यता आम रूपमा रहने गरेको छ, त्यो हैन । परापूर्वकालदेखि नै संस्कृति, व्यापार, परम्परा, धर्मलगायत कुरामा उत्तरतिर पनि सम्बन्ध छ है भन्ने कुरा तथ्यसहित पुष्टि गरेको छ ।”

p6-1726400452.jpg
शर्माको अर्को किताब ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’माथि पनि पोखरेलले टिप्पणी गरे । हिमालपारिबाट नेपालमा ‘हुरी’ आइनसकेको उनको भनाइ थियो । उनले भने, “उहाँले एउटा किताबको नाम हिमालपारिको हुरी भन्नुभएको छ । हाम्रो सामाजिक–सांस्कृतिक र अन्य मामिलामा उत्तरबाट हुरी नै चलेको समय मान्ने बेला भइसकेको छैन । मन्दमन्द चिसो हावा चल्न थल्या हो कि !”

p8-1726400470.jpg
कार्यक्रममा नेपाल–चीन मामिलाकी जानकार डा. लीला न्याइच्याई, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मन्तव्य राखेका थिए ।

p5-1726400489.jpg
शर्माका यी दुई पुस्तक किताब पब्लिर्सले बजारमा ल्याएको हो । ‘भिक्षु व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’को प्रतिमूल्य ८९९ रुपैयाँ राखिएको छ । ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’को प्रतिमूल्य ६९९ रुपैयाँ कायम छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro