site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बझाङ । बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । बिहीबारदेखि निरन्तरको वर्षाले छबिसपाथिभेरा गाउँपालिकाको बालुवाटारनजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध हुँदा कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रु अलपत्र परेका छन् । पहिरो निरन्तर खसेकाले पन्छाएर सडक सञ्चालनमा ल्याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छाउन तयारी अवस्थामा राखिएको बताइन् । तर, पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा ल्याउन नसकिएको उनले बताइन् ।

सहायक प्रजिअ जोशीका अनुसार, शनिबार बिहानदेखि दुई जेसीबी पहिरो गएको स्थाननजिक राखिएको छ । “माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौँ,” उनले भनिन् ।

शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जीपमा गन्तव्यतिर गएका थिए । बझाङबाट तराई छिर्ने सवारीका यात्रु परिङालनजिकै पर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताइन् ।

गत साता पनि छबिसपाथिभेरा गाउँपालिकाको तमैल बजारनजिकै पहिरो खस्दा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । रासस

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro