site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हाल्यान्डप्रेरित सिटीको पुनरागमन जित

काठमाडौं । स्ट्राइकर एर्लिङ हाल्यान्डप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा सिटीले ब्रेन्टफोर्डविरुद्ध १–० ले पछि परेको अवस्था उल्ट्याउँदै २–१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल हाल्यान्डले गरे ।

खेलको पहिलो मिनेटमै ब्रेन्टफोर्डका योएन विसाले गोल गरेपछि सिटी ०–१ ले पछि परेको थियो । तर, सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गर्यो । १९औँ मिनेटम हाल्यान्डले पहिलो गोल गर्दै सिटीलाई खेलमा फर्काए । यस्तै, ३२औँ मिनेटमा हाल्यान्डले नै घरेलु टिमलाई २–१ को अग्रता दिलाएका थिए । यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा सिटीले तीन अंक पक्का गरेको हो ।

प्रिमियर लिग गोल्डेन बुट दौडको शीर्ष स्थानमा रहेका हाल्यान्डले चार खेलमै नौ गोल गरिसकेका छन् । उनले यसअघि पहिलो खेलमा एक गोल गर्दा दोस्रो र तेस्रो खेलमा ह्याट्रिक गरेका थिए ।

लिगमा लगातार चौथो जित निकालेको सिटी १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सिटीलाई पछ्याइरहेको लिभरपुलको नौ अंक छ । समान खेलबाट ६ अंक जोडेको ब्रोन्टफोर्ड तालिकाको नवौँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro