site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाले क्षयरोगको उपचारमा नयाँ प्रयोग गर्ने
प्रतीकात्मक तस्बिर ।

कोलम्बो । श्रीलंकाले क्षयरोगको उपचारमा नयाँ उपचार पद्धतिलाई अगाडि बढाउने भएको छ ।

सरकारले नयाँ उपचार पद्धतिको प्रभावकारिता अध्ययन गर्न श्री जयवर्धनेपुरा विश्वविद्यालय र इन्टरनेसनल युनियन अगेन्स्ट ट्युबरकुलोसिस एन्ड लङ डिजिजेजबीच एक समझदारीपत्र (एमओयू) गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सूचना विभागका अनुसार, श्रीलंकामा क्षयरोग दोस्रो संक्रामक रोग हो ।

सन् २०२१ मा क्षयरोग रोकथाम उपचारमा विश्व स्वास्थ्य संगठनको सिफारिसपछि श्रीलंकाका निम्ति एक दिशानिर्देश तयार गरिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रचार विभागले जनाएको छ ।

विभागले क्षयरोग नियन्त्रण र छाती रोगको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रस्तावित उपचार मोडलको प्रभावकारिता अवलोकन गर्न अध्ययन गर्ने अपेक्षा गरिएको छ ।

इन्टरनेसनल युनियन अगेन्स्ट ट्युबरकुलोसिस एन्ड लङ डिजिजेज तीन लाख ८७ हजार २८० अमेरिकी डलरको आर्थिक अनुदान उपलब्ध गराउन सहमत भएको छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro