site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्रको मूलधार माओवादी नै हो : प्रचण्ड
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रको मूलधार माओवादी आन्दोलन भएको बताएका छन् ।

बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मूलधारमा आएको हो वा माओवादीले मूलधार क्रिएट गरेको हो भन्नेकुरा राजनीतिक बहसको विषय रहेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

संघीय लोकतान्त्रिक गणतन्त्रको मूलधार माओवादी भएको उनको भनाइ थियो । गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरण गरे । माओवादीको गणतन्त्रात्मक मूलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मूलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अहिले पनि रहेको बतााए ।

उनले भने, "माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भयो । यो विषय धेरै ठूलो गम्भीर महत्त्वको छ । हामी मूलधारमा आयौँ की हामीले मूलधारा क्रिएट ग¥यौँ भन्ने विषय निकै ठूलो बहसको विषय हो  ।"
 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu