site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको भूपू सैनिक विभागमा १० जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भूपू सैनिक विभागमा १० जनालाई मनोनीत गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम बिहीबार उनले भूपू सैनिक विभागमा १० जनालाई मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू प्रमुख रहेको विभागमा लमजुङका गर्जबहादुर गुरुङ, सुनसरीका हेमलाल लिम्बू, कास्कीका तुलबहादुर गुरुङ, रुपन्देहीका जोवानसिंह ठकुरी, कञ्चनपुरका भीम चन्द थपिएका छन् ।

सुर्खेतकी भावना घर्तीमगर, महोत्तरीका गुणबहादुर कार्की, नवलपुरकी लीला मास्के राना, झापाका गोपाल तामाङ र काठमाडौंकी सुनीता लामिछानेलाई पनि विभागमा मनोनीत गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले बिहीबार नै पार्टीको साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनीत गरिसकेका छन् ।

adf-1726136485.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro