site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रकाश सपूतले किन सेयर गरेनन् ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर ?

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ कात्तिक १५ गते रिलिज हुँदै छ । यस चलचित्रमा विजय बराल र प्रकाश सपूतको मुख्य भूमिका छ । केही दिन अगाडि यस चलचित्रको टिजर सार्वजनिक भएको थियो । 

बुवाको मुख हेर्ने अघिल्लो दिन सार्वजनिक गरिएको टिजरलाई चलचित्रकर्मीसँगै धेरैले आफ्नो बुवालाई शुभकामना दिँदै फेसबुकमा सेयर गरे । टिजरको धेरैले तारिफ गरे । 

तर, यो टिजर चलचित्रका कलाकार प्रकाश स्वयंले सेयर गरेका छैनन् । उनको फेसबुकमा टिजर देखिँदैन । पछिल्लो समय कलाकार तथा निर्देशक र निर्माता डिजिटल प्रचारप्रसारमै धेरै महत्त्व दिन्छन् । सामाजिक सञ्जालमा आफ्ना चलचित्रका गीत, पोस्टर टिजर, ट्रेलर सेयरमात्र होइन, पैसा तिरेर बुस्ट नै गर्छन् । त्यसैले राम्रो फ्यान फलोइङ भएका कलाकारले यसलाई थप जोड दिन्छन् ।

तर, धेरैले मन पराएको र तारिफ गरेको टिजर प्रकाश आफैँले भने सेयर गरेनन् । जुन टिजरले उनी स्वयंलाई प्राथमिकता दिएको छ ।  

चैत २२ गते प्रदर्शन हुने चलचित्र ‘वसन्त’को पोस्ट र पोस्टर भने प्रकाशको फेसबुक वालमा प्रशस्तै देखिन्छ । ‘वसन्त’लाई प्रकाश स्वयंले निर्देशन गर्दै छन् । 

स्रोतका अनुसार, प्रकाश ‘पूर्ण बहादुरको सारङ्गी’ भन्दा ‘वसन्त’ पहिला रिलिज होस् भन्ने चाहन्थे । तर, विभिन्न कारणले ‘पूर्ण बहादुरको सारङ्गी’ अगाडि रिलिज हुने भएपछि उनले यसको टिजर सार्वजनिक नगरेको स्रोतले बताएको छ । 

पुस २६ गते चलचित्र ‘कार्साङ’ रिलिज हुँदै छ । यसको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । दयाहाङले पनि चलचित्र ‘कार्साङ’को पोस्टर सार्वजनिक गरेका छैनन् । 

उनको फेसबुक पेजमा अन्य चलचित्रका पोस्ट छन् । सबैभन्दा धेरै ‘साम्बाला’का सामग्री छन् । ‘पूजा सर’का सामग्री पनि उनको फेसबुक वालमा छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro