site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगातार ६ कारोबार दिनपछि ७८.१७ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार ७८.१७ अंकले बढेर बन्द भएको छ । यसअघिका लगातार ६ कारोबार दिन बजार घटेको थियो । सातौँ कारोबार दिन नेप्से उच्च अंकले बढेको हो ।

यस दिन नेप्से परिसूचक २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा बन्द भएको छ । कारोबार रकममा पनि वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आठ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ६ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

२२९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये १२ वटाको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro