site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा, ५० प्रतिशत क्यासब्याक
Tiktok banner adTiktok banner ad

काठमाडैं । सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको आफ्नै कार्ड स्किम भएको फोनपेले जनाएको छ ।

योसँगै नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिट भर्चुअल बनेको कम्पनीको भनाइ छ ।

सिटिजन्स फोनपे क्रेडिट कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ । यो क्रेडिट कार्डबाट १४ लाखभन्दा बढी फोनपे मर्चेन्टमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिनेछ ।

यस्तै, मासिक खर्च ट्रयाक गर्न मिल्नेदेखि ४५ दिनसम्म ब्याजबिनाको क्रेडिट अवधि पाइने बैंकले जनाएको छ ।

५० प्रतिशत तत्काल क्यासब्याक अफर
सुरुआती चरणमा बिहीबारदेखि कार्ड प्रयोग गरेर कुनै पनि भुक्तानी गर्दा ५० प्रतिशत एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने योजना फोनपे तथा बैंकले ल्याएको छ ।

सीमित समयको अफर सिटिजन्स फोनपे क्रेडिट कार्डका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेलले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

फोनपेका सीईओ दिवस कुमारले नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्डले डिजिटल भुक्तानीमा थप सजिलो अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro