site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैँलक्षित ६० सहुलियत पसल खुल्दै, १८ सय खसीबोका र च्यांग्रा ल्याउने तयारी

काठमाडौं । यस वर्षको दसैँ तिहारका लागि सरकारले सहुलियतपूर्ण पसल खोल्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज पहिलो साता सहुलियत पसल खोल्ने बताएको छ ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी सहुलियत पसल खुल्ने भएका छन् । खाद्य कम्पनीका अनुसार, गत वर्ष ४९ वटा यस्ता पसल खुलेका थिए । यस वर्ष ६० भन्दा बढी पसल खोल्ने तयारी गरिएको छ ।

Dabur Nepal
NIC Asia

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले भनिन्, “स्थानीय तहसँग सहकार्य भयो भने यस वर्ष ६० भन्दा बढी पसल खोल्ने गरी तयारी भइरहेको छ ।”

यस्तै, यस खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष करिब १,८०० वटा खसीबोका तथा च्यांग्रा भित्र्याउने तयारी गरेको छ । “१५ सय खसी बोका र ३०० च्यांग्रा भित्र्याउने तयारी छ,” उनले भनिन् ।

सूचना अधिकारी सुवेदीका अनुसार, मन्त्रालयको निर्णयपछि यो विषय टुंगो लाग्ने छ ।

कम्पनीले विगतका वर्षझैँ दसैँ तिहारका लागि सहुलियत पसल सञ्चालन गर्ने भएको हो । देशभर नै विभिन्न ठाउँमा खुल्ने यस्ता पसलमा अन्य बजारभन्दा सस्तोमा सामान खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro