site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमाको ‘सिलिङ’ पाँच लाख पुर्‍याउन सरकार अलमलमा छ : मन्त्री पौडेल
SkywellSkywell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको ‘सिलिङ’ पाँच लाख रुपैयाँ पुर्‍याउन सरकार अलमलमा रहेको बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् ।

एक लाखको बिमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा पाँच लाख झनै कठिन हुने हो कि भन्ने संशय रहेको उनले उल्लेख गरे । उनले मन्त्रालयका तर्फबाट आफूले स्रोत निश्चितताका निम्ति सरकारसमक्ष आवश्यक प्रस्ताव र योजना पेस गरेको जानकारी गराए ।

Dabur Nepal
NIC Asia

बिमालाई एकीकृत प्रणालीबाट विकास गरिनुपर्नेमा उनले जोड दिए । चिनीजन्य पदार्थ बढी भएका उत्पादनमा ‘सुगर ट्याक्स’ लगाउनुपर्ने र त्यसबाट संकलित कर बिमा बोर्डमा जाने व्यवस्था गरिनुपर्ने उनले बताए ।

राज्यले स्वास्थ्य कर १२ अर्ब लिने गरेको भए पनि आफ्नो मन्त्रालयलाई जम्मा ४० करोड रुपैयाँ दिइएको उने गुनासो गरे । उक्त कर सम्पूर्ण रूपमा बिमा बोर्डमा जाने व्यवस्था हुनुपर्ने उनको माग छ ।

शिक्षण अस्पतालमा सुविधाका शीर्षक र बिमाको गरेर सरकारले ६२ करोड रुपैयाँ दिन बाँकी रहेको उनले उल्लेख गरे । उक्त रकम अस्पताल सञ्चालनका निम्ति तत्काल दिनुपर्ने अवस्था रहेको उनले बताए ।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले बिमा बोर्डलाई ५० प्रतिशत भुक्तानीको प्रक्रिया पूरा गरिसकेको र फाइल अर्थ मन्त्रालयमा पुगेको जानकारी गराए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भनाइ पढ्नोस्–
उधारो उपचार पनि अस्पताले गर्न सक्दैन । ६२ करोड सुविधाका शीर्षक र बिमाको गरेर टिचिङको बाँकी छ भन्ने मैले सुनेको छु । त्यसैले अब त्यो अस्पताल चल्न तत्काल पेमेन्ट हुने स्थिति हुनुपर्छ । यो सबै कुरा स्रोत सुनिश्चित नभएका कारण भएको हो । स्रोत सुनिश्चित योयो तरिकाले गर्न सकिन्छ भनेर पनि हामीले प्रस्ताव गरेका छौँ । यो एक लाखको सिलिङलाई बढाएर पाँच लाख पुर्‍याउनुपर्छ । एउटा परिवार पाँचजनाको मानिएको छ । एक लाख भनेको २० पन्चे सय । त्यो खासै ठूलो होइन, आवश्यक पर्नेका लागि । यहाँ नपर्नेले पनि प्रयोग गरिदिएर समस्या भएको छ । आवश्यक हुनेका लागि यो पाँच लाखसम्म पुर्‍याउनुपर्छ । सबै उपचार यहीमार्फत गरिने स्थिति हुनुपर्छ । राज्यले निःशुल्क गर्ने हो भने पनि प्रिमियम निःशुल्क गरिदिएर योमार्फत गर्ने व्यवस्था गर्नुपर्छ । सबैभन्दा बढी उपचार चाहिने बाआमालाई हो । बाआमाले १२ महिनाको वृद्धभत्ता पाउनुभएको छ । उहाँहरूले ११ महिना लिनुहुन्छ । एक महिना प्रिमियमबापत जम्मा गर्नुहुन्छ । एक महिनाको पैसा दिएर पाँच लाखबराबरको उपचार हुन्छ भने के चाहियो ? हामीले सुगर ट्याक्ससम्म भनेका छौँ । चिनीजन्य पदार्थ बढी भएका उत्पादनहरूमा सुगर ट्याक्स लगाउनुपर्छ र त्यसबाट आएको ट्याक्स बिमा बोर्डमा जाने व्यवस्था गरिनुपर्छ । राज्यले स्वास्थ्य कर लिएको छ, १२ अर्ब जम्मा हुन्छ । स्वास्थ्य मन्त्रालयलाई जम्मा ४० करोड रुपैयाँ दिएको छ । त्यो स्वास्थ्य कर स्वास्थ्य मन्त्रालयलाई पनि चाहिएन, सम्पूर्ण रूपमा बिमा बोर्डमा जाने हुनुपर्छ । १२ होइन, २४ अर्ब लिऔँ न, बिमा बोर्डमा जाने व्यवस्था गरौँ । त्यसैले यसलाई स्रोत सुनिश्चित गरेर अगाडि लैजानुपर्छ । यसलाई एकीकृत प्रणालीबाट विकास गर्नुपर्छ । हामीले सरकारको एजेन्डा बनाउने कोसिस गरिरहेका छौँ । सरकार अलिकति कन्फ्युजनमा छ, यो स्रोत कसरी सुनिश्चित गर्ने ? एक लाख व्यवस्थित भइरहेको छैन, पाँच लाखमा समस्या पर्ने त होइन भन्ने छ । त्यसको सूत्र के हो ? हामीले व्यवस्थित ढंगले भनेका छौँ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu