site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कम्पनीले सञ्चालकको विवरण पनि अपडेट गर्दैनन् नेप्सेमा !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्था अरू कम्पनीहरूभन्दा लगानीकर्ताप्रति जिम्मेवार हुन्छन् । यी कम्पनीले नियमित विवरण सार्वजनिक गर्ने, वेबसाइटमा आफ्ना गतिविधि राख्ने गर्छन् ।

तर, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अधिकांश पुराना कम्पनीले आफ्ना सम्पूर्ण विवरण ‘अपलोड’ गरेको पाइँदैन । 

नेप्सेले कम्पनीलाई जिम्मेवार बनाउन प्रोफाइल, सम्पर्क नम्बर, सेयर स्वामित्व संरचना, कम्पनीको सञ्चालक समिति, फ्लोरसिट, सेयर मूल्यको इतिहास, कर्पाेरेट कार्यहरू, वित्तीय स्थिति, साधारणसभा, कम्पनीका समाचार र कम्पनीले दिने लाभांशको फेहरिस्त राख्नुपर्ने व्यवस्था गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाहरूप्रति जिम्मेवार र राम्रो भनी लगानीकर्ताको विश्वास जितेको नबिल बैंकले लगानीकर्तालाई दिनुपर्ने आधारभूत विवरण स्पष्ट दिएको छैन । 

यो बैंक मात्र हैन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायत एनआईसी एशिया बैंक, एभरेष्ट बैंक तथा लक्ष्मी सन्राइज बैंकले आफ्नो सञ्चालक समितिको विवरण नेप्सेको वेबसाइटमा राखेका छैनन् । अन्य विवरणहरू भने राख्न थालेको देखिन्छ ।
 
हाल एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल वैद्य छन् । नेप्सेमा उनको नाम ‘अपलोड’ गरिएको छ । तर, अरू सञ्चालकहरूको विवरण छैन ।  यस बैंकका अन्य विवरणहरू भने अपलोड गरिएको देखिन्छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकले पनि आफ्ना सञ्चालक समितिको विवरण नेप्सेको सफ्टवेयरमा राखेको छैन ।

Royal Enfield Island Ad

सिद्धार्थ बैंकले पनि सञ्चालक समितिको विवरण अपलोड गरेको छैन । पुराना स्वतन्त्र सञ्चालकको विवरण राखिएको छ । सञ्चालकका विवरण भने अपलोड गरिएको छैन ।

तारागाउँ रेजेन्सी होटेलले पनि आफ्ना सञ्चालकको विवरण नेप्सेमा अपलोड गरेको छैन । ओरियन्टल होटल्स्ले पनि आफ्ना सबै सञ्चालकको विवरण राखेको छैन । यसरी नेप्सेमा विवरण नराख्ने कम्पनीहरूमा पुराना नै धेरै छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली पनि पुराना कम्पनीले ‘अपलोड’ गर्नुपर्ने केही–केही विवरण सिस्टममा अपलोड नगरेको स्वीकार गर्छन् ।  नेप्सेले सिस्टम विकास गरेर सबै कम्पनीलाई दिएकाले ती कम्पनीले आफ्ना विवरण नियमित अपलोड गर्नुपर्ने र सेयरधनीलाई जानकारी दिनुपर्ने उनी बताउँछन् ।

“कम्पनीले आफ्ना सेयरधनीलाई सही जानकारी दिनुपर्छ,” उनले भने, “तर, केही केही कम्पनीले हाम्रो सिस्टममा उनीहरूका विवरण अपलोड गरेका छैनन् । नयाँले भने नियमित अपलोड गरेको पाइन्छ ।”

सबै लगानीकर्ताले कम्पनीको वेबसाइटमा गएर कम्पनीबारेमा जानकारी लिन नसक्ने भएकाले नेप्सेले विकास गरेको सिस्टममा नै आधारभूत विवरण अपलोड गर्नुपर्ने पराजुली बताउँछन् ।

त्यसैगरी नबिल बैंकले नेप्सेकोे सफ्टवेरमा आफ्ना आधारभूत विवरण सञ्चालकको नामावली अपलोड गरेको छैन । बैंकले सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको विवरण अपलोड भएको छैन । अन्य वित्तीय अवस्था तथा संस्थासम्बन्धी समाचारहरू भने अपलोड गरेको देखिन्छ । 

आजभन्दा चार वर्ष पहिले मृत्यु भएका नबिल बैंकका पूर्वअध्यक्ष शम्भुप्रसाद पौडेलको नाम नेप्सेको सफ्टवेयरबाट हटाइएको छैन ।  उनका साथै पुराना सञ्चालक दयाराम गोपाल अग्रवाल तथा उदयकृष्ण उपाध्यायको पनि नाम नेप्सेको वेबसाइटमा देखिन्छ । 

कुनै पनि लगानीकर्ताले कम्पनीको सम्पूर्ण जानकारी लिएको हुँदैन । यसरी नेप्सेको वेबसाइटमा पुराना सञ्चालकको नाम राख्दा लगानीकर्ता झुक्किने गर्छन् ।  तर, नेप्सेको सिस्टमले नयाँ विवरण नलिएको नबिल बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलले बताए ।

उनका अनुसार, नेप्सेसँग यसकाबारे कुरा भइरहेको छ । “यस्ता विवरण नेप्सेले कम्पनीलाई नै हाल्न दिएको हुन्छ । तर, हाम्रोमात्र नभएर अन्य कम्पनीको पनि यो विवरण लिएको छैन जस्तो लाग्छ,” पौडेलले बाह्रखरीसित भने, “तर, हामीले यसको समाधान गर्न नेप्सेसँग छलफल गरिरहेका छौं । समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा हाम्रो कुरा भएको छ ।”

नेप्सेको सिस्टमले काम नगरेको बारेमा अहिलेसम्म कसैले पनि जानकारी नगराएको नेप्सेका प्रवक्ता पराजुली बताउँछन् ।  यीबाहेक धितोपत्र दोस्रो बजारमा सेयर मूल्य उच्च भएको विशाल बजार कम्पनीले पनि सञ्चालक समिति, कम्पनीका समाचार तथा साधारण सभाका विवरण राखेको छैन ।
 
सामान्यतया धितोपत्र दोस्रो बजारमा लगानी गर्ने सेयरधनीले कम्पनीको सञ्चालक समितिमा को छ ? यो कम्पनीको वित्तीय विवरण कस्तो छ ? कम्पनीमा सेयर संरचना कस्तो छ भनेर नेप्सेको वेबसाइटबाट नै हेर्ने गर्छन् । त्यही कुरालाई मध्यनजर गरेर यो सिस्टमको विकास गरेको छ । 

तर, नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले यस्ता विवरण राखेका छैनन् । कम्पनी सचिवले गर्नुपर्ने काम धेरैले नगरेको पाइन्छ । सिस्टमबाटै अपलोड गर्ने विवरणहरू फ्लोरसित, तथा कम्पनीको सेयर मूल्यको इतिहास नियमित रूपमा अपलोड हुने गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro