देश
काठमाडौं । नागढुंगा क्षेत्रमा पहिरो गएको छ । नाग मन्दिर नजिक पहिरो गएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जानकारी दिए ।
उनका अनुसार अहिले एकतर्फी सडक खुलिसकेको छ । पहिरोका कारण राजमार्गअन्तर्गत काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई असहज भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१ १८:४५
प्रतिक्रिया दिनुहोस्