site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टार्टअप कर्जाका लागि साढे पाँच सयले बुझाए आवेदन
फाइल तस्बिर ।

काठमाडौं । सरकारले कम्पनी तथा फर्महरूलाई दिने स्टार्टअप कर्जाका लागि हालसम्म झन्डै साढे पाँच सयको आवेदन परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यही भदौ ११ गते आवेदन खुलाएको थियो ।

यसै महिनाको ३१ गतेसम्म अनलाइन तथा प्रतिष्ठानमै कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सकिन्छ ।

प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले अनलाइनबाट चारसय र भौतिकरूपमा १५० गरी साढे पाँच सय आवेदन परेको जानकारी दिए । गत वर्ष करिब १६ सय आवेदन परेकामा यस वर्ष त्योभन्दा बढी कम्पनी तथा फर्मले प्रस्ताव पेस गर्न सक्ने प्रतिष्ठानको आकलन छ ।

‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ अनुसार १० वर्ष ननाघेका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम रहेका कम्पनीले सहुलियत कर्जाका लागि आवेदन दिन सक्छन् ।

५ देखि २५ लाखसम्म तीन प्रतिशत ब्याजदरमा मिल्ने कर्जा एक वर्षपछि भुक्तानी सुरु गरेर पाँच वर्षमा सरकारलाई फिर्ता भुक्तान गरिसक्नुपर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro