site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनलाई रघुजीको सुझाव– जनताको हितमा कदम चाल्नुस्

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई जनताको हितमा कदम चाल्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले खोला किनारको जमिन छाड्नुपर्नेबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न कसैसँग सल्लाह नगरी मेयरले निकालेको सूचनाले हलचल मचिच्चएको बताए ।

“उहाँको सूचनाले हलचल मच्चाएको छ । कतिपय कुराबाट पछि हट्नुभएको हो कि जस्तो पनि भएको छ । कसैसँग सल्लाह नगरी जारी गरेको सूचनाले हो,” उनले भने, “जनताको हितमा कदम चाल्नुस् । राम्रो कुरा गर्नुस् न । काठमाडौंको मेयरले राम्रो काम गर्नुहुन्छ त राम्रै भनिन्छ नि ।” 

उनले अंग्रेजी नाम भएका स्कुलको नाम नेपाली राख्ने काम कहाँ पुग्यो भनी प्रश्न पनि गरे । त्यो काम राम्रो भएको उनको भनाइ छ । जनताले मर्का पर्ने काम नगर्न उनले सुझाव दिए ।

सांसद पन्तले सर्वोच्च अदालतको फैसलाले उपत्यकाको जनताको अन्याय गरेको भन्दै सरकारलाई पुनरवलोकनमा जान आग्रह गरे । उनले अदालतलाई विवेकपूर्ण ढंगले पुनरवलोकन गर्न पनि आग्रह गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro