site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रतिकूल मौसमका कारण चिनियाँ विमान अवतरण गर्न सकेन
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिकूल मौसमका कारण चीनबाट आएको विमान अवतरणमा समस्या भएको छ । चीनको कुन्मिङबाट आएको सीईएस–९६१७ विमान अवतरण गर्न नसकेपछि बंगलादेश डाइभर्ट गरिएको छ ।

“विमानस्थलमा विमान अवतरणमा समस्या आएको थियो । अवतरण गर्न नसकेपछि डाइभर्ट भयो,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने, “उक्त विमान अवतरण गर्न नसक्ने अवस्था आएपछि बंगलादेशतर्फ डाइभर्ट भएको हो ।”

उडान र अवतरणका लागि सबै विमानको छुट्टाछुट्टै प्रणाली हुने गर्छ । चिनियाँ विमान अवतरणका लागि उपयुक्त मौसम नभएको शेर्पाले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्