देश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल मधेसका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोप लागेका यादवलाई पक्राउका लागि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
एसपी खड्का र यादवबीच भएको विवाद सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा अध्यक्ष यादवले एसपी खड्कालाई ‘लुटेरा’ भनेका छन् ।
एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको अडियोमा सुनिन्छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १६:२४
प्रतिक्रिया दिनुहोस्